कास्कीका ३४ उम्मेदवारलाई साढे ३ लाख जरिवाना

पाेखरा | असोज ४, २०७९

कास्कीका ३४ उम्मेदवारलाई साढे ३ लाख जरिवाना

पोखरा :  स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ।

 

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने कास्कीका ३४ जना उम्मेदवारीसहित देशभरबाट ४ हजार १ सय ९६ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको हो । 

 

स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र  उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ। 

 


समयमै खर्च विवरण पेश नगरेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षतर्फका उम्मेदवारलाई आयोगले  जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो।

 

हेर्नुहाेस् सुची:-

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्